अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना पदभार ग्रहण गरेपछि आफ्नो कार्यसूचीलाई अघि बढाउने प्रयासस्वरुप बुधबार पहिलो पटक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । अर्बपति समर्थक तथा सल्लाहकार एलन मस्क बैठकमा उपस्थित हुने सरकारी अधिकारीमध्ये मध्ये एक हुन् ।
मस्कलाई अमेरिकी सरकारी दक्षता विभाग (डिओजिई) को निरीक्षण गर्ने जिम्मेवारी दिइएको छ भने उनले हजारौँ संघीय कामदारहरूलाई बर्खास्त गर्न खोजेका छन् ।
ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लेभिटका अनुसार मस्कसँग मन्त्रीस्तरीय पोर्टफोलियो वा औपचारिक निर्णय गर्ने अधिकारको अभाव भए तापनि उनलाई ‘विशेष सरकारी कर्मचारी’ र ‘राष्ट्रपतिका वरिष्ठ सल्लाहकार’ को रूपमा वर्गीकृत गरिएको छ ।
कोभिड खोपका प्रखर आलोचक रोबर्ट एफ केनेडी जुनियर स्वास्थ्य तथा मानव सेवा मन्त्री, विभिन्न षड्यन्त्रको आरोप लागेका गुप्तचर विभागका निर्देशक तुलसी गबार्ड र यौन दुव्र्यवहारको आरोप खेपिरहेका फक्स न्युजका पूर्व प्रस्तोता रक्षामन्त्री पिट हेगसेथले पनि ट्रम्पको मन्त्री परिषद्मा रहेका छन् ।
डेमोक्र्याटस्को ट्रयाकरेकर्ड र अनुभवको कमिका कारण आलोचना भए तापनि अमेरिकी सिनेटले ट्रम्पको क्याबिनेटका सबै चयनहरूलाई अनुमोदन गरेको छ।
सिनेटमा ट्रम्पको रिपब्लिकन पार्टीको साँघुरो बहुमत छ र केहीभन्दा बढी सिनेटरहरूले ट्रम्पको छनौटको विपक्षमा मतदान गर्न इन्कार गर्नुले पार्टीमा उहाँको फलामे पकड देखाउँछ । असहमतहरूले धेरै हदसम्म राजीनामा दिएका छन् वा झुकेका छन्।
सिनेटमा बहुमतका पूर्व नेता मिच म्याककोनेलले केनेडीलाई स्वास्थ्य मन्त्रीको रूपमा अनुमोदन गर्न एक मात्र रिपब्लिकन असहमति व्यक्त गरेका थिए । यो नियुक्तिले चिकित्सा समुदायमा खोपको गलत सूचनालाई बढावा दिने र सङ्क्रामक रोगहरूको अनुसन्धान निलम्बन गर्ने उनको इतिहासलाई लिएर चिन्ता उत्पन्न गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।