प्रधानमन्त्रीलाई ‘मार्दिन्छु’ भनेर कमेन्ट गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘मार्दिन्छु भनेर कमेन्ट’ गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकका लालबहादुर तामाङलाई पक्राउ गरेकाे छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो ।

महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार उनले केही दिनअघि गरेको कमेन्टको विषयलाई लिएर पक्राउ गरिएको छ । सामाजिक सञ्जाल फेसबुकमा नेपाली खबर नामक वेवसाइटमा शेयर गरिएको एउटा कन्टेन्टमा उनले त्यस्तो कमेन्ट लखेका थिए ।

‘५० करोड दिनुस् म मोदीलाई मारिदिन्छु’ भनेर प्रकाशित सामग्रीमा सलिम यान्जन तामाङ भाइ नामक आइडीबाट उनले ‘५० लाख दिनुस् ओलीलाई मार्दिन्छु’ भनेका थिए ।

सामाजिक सञ्जालमा भ्रमपूर्ण सन्देश राखेर सर्वसाधारणमा भ्रम र त्रास फैलाउन खाजेको आरोपममा उनीविरुद्ध साइबर अपराध कसुर अन्तरगत मुद्दा चलाउन लागिएको छ ।





  • प्रकाशित मिति : जेठ ६, २०७६ साेमबार १७:२५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया