आइन्स्टाइनलाई बाल्यकालमा भएकाे राेग— डिस्लेक्सिया, कसरी बच्ने ?

भर्खरै पढ्न, लेख्न सिकिरहेका बालबालिकालाई अक्षर सही तरिकाले लेख्न गाह्रो हुुन्छ । यो समस्या केही समयसम्म रहिरहन्छ ।

उमेर बढ्दै जाँदा यो समस्या पनि हराउँदै जान्छ । तर, यो समस्या बालबालिकामा लामो समयसम्म रहिरहेमा भने सावधान हुनुपर्छ, बालबालिका डिस्लेक्सिया डिसअर्डरको सिकार भएका हुन सक्छन् ।

के हो डिस्लेक्सिया ?

यो रोगबाट ग्रसितलाई पढ्न, लेख्न र शब्दविन्यास मिलाउन मुस्किल पर्छ । किनभने, मस्तिष्कले शब्द वा अक्षरलाई मिलाइदिन्छ । यो रोगबाट ग्रसित बालबालिका अक्सर ध्वनि वा लिखित शब्द याद गर्न सक्दैनन् ।

तर, डिस्लेक्सिया हुनुको अर्थ यो होइन कि यसबाट ग्रसित बालबालिकामा अरुका तुलनामा सिक्ने क्षमता कमजोर हुन्छ । फरक यत्ति हो, राम्ररी पढ्न सक्ने क्षमता कमजोर भएका कारण कुनै कुरा सम्झन गाह्रो हुन्छ । 

डिस्लेक्सिया ३ प्रकारका हुन्छन् ।



१. प्राइमरी डिस्लेक्सिया : यसमा बालबालिकाले अक्षर र संख्याको पहिचान गर्ने, समय बुझ्ने लगायत अन्य गतिविधि गर्न सक्दैनन् ।

२. सेकेन्डरी डिस्लेक्सिया : गर्भावस्थामा मस्तिष्क विकास राम्ररी नहुनाले बालबालिकामा यो समस्या देखिन्छ । यसले शब्दको पहिचान गर्न र बोल्नमा समस्या आउँछ ।



३. ट्रमा डिस्लेक्सिया : यो समस्या बालबालिकाको मस्तिष्कमा चोट लागेका कारणल देखिन्छ । यस्तो अवस्थामा बालबालिका आवाज स्पष्ट सुन्न सक्दैनन् । त्यसैले उनीहरुलाई शब्द बोल्न र पढ्नमा समस्या हुन्छ ।

डिस्लेक्सियाका लक्षण

  • अक्षर वा शब्द उल्टा लेख्नु 
  • वाक्य बनाउन झन्झट मान्नु 
  • त्यसै रिसाइरहनु 
  • मान्छेसँग कुरा गर्न असहज मान्नु 
  • शब्द उच्चारणमा झन्झट मान्नु 
  • धेरै ढिला सिक्नु 
  • ह्यान्डराइटिङ खराब हुनु 

डिस्लेक्सिया भएका बालबालिकासँग कस्तो व्यवहार गर्ने ?

यो समस्याबाट ग्रसित बालबालिकालाई स–सानो काममा पनि प्रोत्साहन गर्नुपर्छ । उनीहरुसँग कुरा गर्दा धैर्यका साथ गर्नुपर्छ ।

उनीहरुलाई एक्लोपन महसुस हुन दिनुहुँदैन । डान्सिङ, पेन्टिङ, स्विमिङजस्ता क्रियाकलापमा उनीहरुलाई प्रोत्साहन गर्नुपर्छ । कक्षाकोठामा पनि उनीहरुसँग राम्ररी कुरा गर्नुपर्छ र मजाक उडाउनुहुँदैन ।

बाल्यकालमा डिस्लेक्सियाको सिकार भएका विश्वचर्चित व्यक्तित्वहरु

  • अल्बर्ट आइन्सटाइन्स (वैज्ञानिक)
  • थोमस एल्भा एडिसन (वैज्ञानिक)
  • लियोनार्दो दा भिन्ची (चित्रकार)
  • पाब्लो पिकासो (चित्रकार)
  • वाल्ट डिज्नी (‘डिज्नी’का फाउन्डर)
     
  • प्रकाशित मिति : जेठ ६, २०७६ साेमबार २२:२१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया