ऐश्वर्याबारे विवेकको ट्विटको व्यापक आलोचना, महिला आयोगको नोटिस

एजेन्सी– भारतीय लोकसभा निर्वाचन सकिएपछि आएका एक्जिट पोलका नतिजाबारे भारतमा व्यापक चर्चा भएको छ । सामाजिक सन्जालमा पनि एक्जिट पोलका अनुमानबारे अनेक टिप्पणी भएका छन् । तर, एक्जिट पोलबारे नै गरेको एउटा ट्विटका कारण बलिउड अभिनेता विवेक ओबराय विवादमा तानिएका छन् । 

सोमबार विवेकले एक्जिट पोललाई लिएर एक टिप्पणी गर्दै एउटा मिमि सेयर गरेका थिए । अभिनेत्री ऐश्वर्या राय बच्चनबारे बनेको यो मिमि सेयर गरेकाले विवेक आलोचनाको शिकार बनेका हुन् । 

विवेकले सेयर गरेको मिमिमा ऐश्वर्या सलमान खानसँग, विवेकसँग र अन्त्यमा अभिषेक बच्चनसँग छोरी आराध्या बच्चनसँग देखिएका छन् । तस्विरमा लेखिएको छ– ओपिनियन पोल, एक्जिट पोल र नतिजा । 

विवेकको यो ट्विटपछि आलोचना मात्र भएको छैन, भारतको महिला आयोगले पनि उनलाई स्पष्टिकरण सोधेको छ । विवेकले चाहिँ आफूले महिला आयोगलाई जवाफ त दिने तर आफूले कुनै पनि गल्ती नगरेको बताएका छन् । ‘माफी माग्नु कुनै समस्या होइन, तर मैले के गलत गरेको छु र ? कुनै गल्ती गरे त म माफी माग्छु तर मलाई लाग्छ, मैले कुनै गलत काम गरेको छैन,’ विवेकले भारतीय समाचार एजेन्सीहरुसँग भनेका छन् । 

तर, विवकको ट्विटको आलोचना भारतीय कलाकारहरुले पनि गरिरहेका छन् । अभिनेत्री सोनम कपुरले लेखेकी छिन्, ‘अत्यन्त खराब र क्लासलेस ।’





  • प्रकाशित मिति : जेठ ६, २०७६ साेमबार २३:१०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया