साेलुखुम्बु– आफ्नै किर्तिमानी ताेड्दै कामीरिता शेर्पा २४ औं पटक सगरमाथाकाे चुचुराेमा पुगेका छन् । उनले मंगलबार बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथाको शिखरमा पाइला टेकेको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले आधारशिविरबाट जानकारी दिए।
शेर्पाले याे सिजनमा एक हप्ताकाे अन्तरमा दुईपटक आराेहण गरेका छन् । उनले सभेन समिट कम्पनीबाट गत बुधबार २३ औं सगरमाथाकाे आराेहण गरेका थिए ।
सर्वाधिक पटक सगरमाथा चढ्ने आराेहीकाे किर्तिमानी कायम गरेका कामिरिताले याे पटक पनि आफ्नै रेकर्ड ताेड्दै सगरमाथा पुगेका हुन् । उनले २५ पटकसम्म सगरमाथा टेकेपछि आराेहण नगर्ने बताएका छन् ।
उनी अब आगामी वर्ष सगरमाथा पुग्ने याेजनामा रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।