सुरतको लिंबायत क्षेत्रमा एक मन्दिरमा आइतबार महात्मा गान्धीका हत्यारा नाथुराम गोड्सेको जन्मदिन मनाएको आरोपमा हिन्दु महासभाका ६ कार्यकर्ता पक्राउ परेका छन् ।
गोड्सेको जन्म १९ मे १९१० मा पुणे जिल्लाको बारामतीमा भएको थियो । गोड्सेले ३० जनवरी, १९४८ मा दिल्लीमा महात्मा गान्धीको गोली हानी हत्या गरेका थिए । गान्धीको हत्या पछि गोड्सेलाई फाँसी दिइएको थियो ।
सुरत प्रहरी आयुक्त सतिश शर्माले हिन्दु महासभाका कार्यकर्ताले शहरको लिंबायत क्षेत्रमा सुर्यमुखी हनुमान मन्दिर परिसरमा उत्सव मनाएको र उनीहरुलाई सोमबार पक्राउ गरेको बताएका छन् ।
गोड्सेको जन्मदिनको समारोहमा हिन्दु महासभाका सदस्यले मन्दिर परिसरमा गोड्सेको तस्वीरअगाडि दियो बालेर मिठाई बाँडेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।