माेदीकाे व्यंग्य गर्दै बलिउड अभिनेत्री ट्विन्कल खन्ना ध्यानमा

बलिउड– अभिनेत्री ट्विन्कल खन्ना प्रायजसाे प्रधानमन्त्री नरेन्द्र माेदीकाे विषयमा खुलेर आफ्नाे विचार राख्ने गर्छिन् । यसपटक पनि ट्विन्कलले यस्तै गरेकी छन् ।

प्रधानमन्त्री नरेन्द्र माेदीले आफ्नाे ट्विटर ह्यान्डलमा ध्यान मुद्राकाे फाेटाे सेयर गरेका थिए । जसमा उनले आफू केदारनाथ यात्रामा जाँदा २ दिन ध्यान गरेकाे पनि उल्लेख गरेका थिए । खन्नाले यसैलाई निशाना बनाउँदै आफ्नाे तस्बिर सेयर गरेकी हुन् । 

ट्विन्कलले आफ्नाे तस्बिर सेयर गर्दै लेखेकी छन् ‘पछिल्ला केही दिनदेखि आध्यात्मिक इमेजेज देख्न थालेपछि अब मैले पनि 'मेडिटेशन फोटोग्राफी-पोजेज र एङ्गल्स’ माथि वर्कशप सुरु गर्न गइरहेकी छु । विडिंग फाेटाेग्राफीपछि अब याे अर्काे ठूलाे चीज हुन गइरहेकाे छ ।’ 

 





  • प्रकाशित मिति : जेठ ७, २०७६ मंगलबार १०:२८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया