संघीय संसदअन्तर्गत राष्ट्रिय सभाले एकैदिन चारवटा विधेयक पारित गरेको छ ।
आइतबार बसेको बैठकले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) सहित विभिन्न तीन विधेयक पारित गरेको हो । नेपाल कानुन व्यवसायी परिषद् विधेयक राष्ट्रिय सभामा उत्पति भएको विधेयक हो ।

अब यो विधेयक प्रतिनिधि सभामा जानेछ । बाँकी तीनवटा विधेयक राष्ट्रिय सभाबाट पुनः पारित भएका हुन् ।
पारित हुने तीन विधेयकामा भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक र विधायनसम्बन्धी विधेयक रहेका छन् ।
यी तीनवटै विधेयकलाई प्रतिनिधि सभाले पनि पारित गरेर फिर्ता गरेको थियो ।
एउटा सभामा उत्पति भएको विधेयक अर्को सभाबाट पारित भएर पुनः फर्किने व्यवस्था छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।