१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

सम्भावित शान्ति सम्झौताका लागि सर्त तय गर्दै जेलेन्स्की र युरोपेली नेता

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार संयुक्त राज्य अमेरिकासमक्ष प्रस्तुत हुने सम्भावित शान्ति सम्झौताका लागि सर्त तय गर्न युरोपसँग काम गर्ने बताएका छन । 


अनिश्चित अमेरिकी समर्थनको सामना गरिरहेको र रुसको तीन वर्षको युक्रेन आक्रमणविरुद्ध महत्त्वपूर्ण क्षणमा भएको सप्ताहन्तको आकस्मिक वार्ताले १८ वटा मित्रराष्ट्रलाई एकै ठाउँमा भेला गराएको छ ।



केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकारका अगाडि जेलेन्स्कीलाई दिएको दबाबले ट्रम्पले किएभलाई शान्ति सम्झौतामा बाध्य पार्न चाहेको आशङ्का बढेपछि युरोपेली नेताहरूले किएभको समर्थनमा मोर्चाबन्दी गरेका छन् ।

आइतबार सुरु भएको शिखर सम्मेलनले शान्तिको दिशामा काम गर्ने उनीहरूको प्रतिबद्धतालाई बलियो बनाएको जेलेन्स्कीले बताए । 



‘हामीलाई अन्त्यहीन युद्ध होइन, शान्ति चाहिएको छ,’ उनले युक्रेनीहरूले अत्यधिक मात्रामा प्रयोग गर्ने सामाजिक सञ्जाल टेलिग्राममा लेखेका छन् ।  

‘निकट भविष्यमा, युद्धविरामका लागि जुन रेखाहरू हामीले प्राप्त गर्नुपर्दछ र जुन लाइनहरूमा हामी सम्झौता गर्न सक्दैनौँ त्यसका लागि हामी युरोपेली नेताहरूले छलफल गरी वार्ताका लागि न्यूनतम् सर्त निर्धारण गर्नेछौँ र हाम्रो साझा स्थितिलाई आकार दिनेछौँ,’ जेलेन्स्कीले भनेका छन् । 

शान्ति वार्ताका न्यूनतम् सर्त तोक्ने सम्बन्धमा सोधिएको प्रश्नमा बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले बेलायत, फ्रान्स र अन्य मुलुकले युक्रेनसँग युद्ध रोक्ने योजनामा काम गर्ने बताए । 

शिखर सम्मेलनबाट फर्केका फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले ले फिगारो पत्रिकालाई बताएअनुसार फ्रान्स र बेलायतले ‘आकाश, समुद्र र ऊर्जा पूर्वाधारमा’ एक महिनाका लागि आंशिक युद्धविरामको प्रस्ताव गर्न चाहेका छन् ।



स्टारमर र म्याक्रोँले युक्रेनमा कुनै पनि युद्धविराम कायम राख्न बेलायती र फ्रान्सेली सेना तैनाथ गर्न तयार रहेको बताएका छन् । 

  • प्रकाशित मिति : १९ फागुन, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया