सिरियामा हवाई आक्रमण हुँदा १० सर्वसाधारणकाे मृत्यु

सिरिया–  सिरियाको उत्तरपश्चिमी प्रान्त इद्लिबमा सिरियाली शासकले गरेको हवाई आक्रमणमा परी कम्तीमा १० सर्वसाधारणकाे मृत्यु भएकाे छ । 

रुसको नेतृत्वमा भएकाे आक्रमणमा मारिएका १० जनामध्ये पाँच बालबालिका रहेका एक मानवअधिकार समूहले जानकारी दिएको छ।

रुसले इद्लिबमा युद्धविराम भएको घोषणा गरेको केही समयपछि नै हवाई आक्रमण भएको थियो। सरकारी सुरक्षा बल र जिहादी समूहबीच भएको भीषण झडपपछि सो हवाई आक्रमण भएको सिरियाली अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ।

सिरियामा सन् २०११ को मार्चमा सरकारको विरोध गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो। त्यसपछि सिरियाली गृहयुद्धमा अल कायदा र इस्लामिक स्टेट्सजस्ता आतंककारी समूहहरु हावी हुँदै गएको थियो।   

सिरियामा जारी द्वन्द्वमा परी सन् २०११ देखि हालसम्म तीन लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। लाखौंको संख्यामा घाइते भएका छन् भने लाखौं व्यक्ति शरणार्थी जीवन बिताउन बाध्य भएका छन्।





  • प्रकाशित मिति : जेठ ७, २०७६ मंगलबार १३:२९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया