फिदिम– सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा दुई परिवारकाे सामूहिक हत्या भएकाे घटनामा संलग्न रहेकाे हुन सक्ने आशंका गरिएका व्यक्ति मृत भेटिएका छन् । प्रहरीले घटना पारिवारिक मनमुटावका कारण भएकाे हुन सक्ने अनुमान गरेकाे छ।
घटनास्थलबाट करिब एक घण्टाकाे दुरीमा रहेकाे लिम्बा गाउँमा झुण्डिएको अवस्थामा मानबहादुर माखिमकाे शव फेला परेकाे हाे । मानबहादुर हत्या गरिएको परिवारका कान्छा ज्वाइँ हुन्। उनकाे श्रीमतीसँग सम्बन्धविच्छेदकाे प्रक्रिया चलिरहेकाे थियाे भने उनकी श्रीमती माइतीमा बस्दै आएकी थिइन् ।
प्रहरी प्रवक्ता विश्वराज पोखरेलले घटनाको प्रकृतिका आधारमा शङ्का गरिएकाे व्यक्तिकाे शव झुन्डिएको अवस्थामा भेटिएकाे छ ।
दुई परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।