पाँचथर हत्याकाण्ड– शङ्का गरिएका व्यक्तिकाे शव फेला

फिदिम– सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा दुई परिवारकाे सामूहिक हत्या भएकाे घटनामा संलग्न रहेकाे हुन सक्ने आशंका गरिएका व्यक्ति मृत भेटिएका छन् । प्रहरीले घटना पारिवारिक मनमुटावका कारण भएकाे हुन सक्ने अनुमान गरेकाे छ। 

घटनास्थलबाट करिब एक घण्टाकाे दुरीमा रहेकाे लिम्बा गाउँमा झुण्डिएको अवस्थामा मानबहादुर माखिमकाे शव फेला परेकाे हाे । मानबहादुर हत्या गरिएको परिवारका कान्छा ज्वाइँ हुन्। उनकाे श्रीमतीसँग सम्बन्धविच्छेदकाे प्रक्रिया चलिरहेकाे थियाे भने उनकी श्रीमती माइतीमा बस्दै आएकी थिइन् । 

प्रहरी प्रवक्ता विश्वराज पोखरेलले घटनाको प्रकृतिका आधारमा शङ्का गरिएकाे व्यक्तिकाे शव झुन्डिएको अवस्थामा भेटिएकाे छ । 

दुई परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियाे । 






  • प्रकाशित मिति : जेठ ७, २०७६ मंगलबार १३:४६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया