नेप्से परिसूचक सामान्य अंकले वृद्धि

काठमाडौं– धितोपत्र बजारमा मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४.४२ विन्दुले बढेर एक हजार ३१२.१४ अंकमा पुगेको छ । 

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.११ ले वृद्धि भई २७९.९१ अंकमा पुगेको छ । नेप्से परिसूचक उकालो लागेसँगै कारोबार रकममा पनि वृद्धि भएकोस्टक एक्सचेन्जले जनाएकाे छ । स्टकका अनुसार कुल १७३ कम्पनीको ३१ लाख दुई हजार २८४ कित्ता सेयर रु ८१ करोड ४४ लाख ५२ हजार २६७ मूल्यमा खरिद–बिक्री भए । 

कारोबार भएका कुल १२ उपसमूहमध्ये तीन उपसमूहको सेयरको मूल्य ओरालो लागेको छ । उत्पादन ३३.३४, अन्य १.१६ र लघुवित्त ३.०५ अंकले घटेको छ । यस्तै बैंकिङ ०.०८, व्यापार २.७०, होटल २.५८, विकास बैंक २.४४, जलविद्युत् ६४.६०, वित्त १०.५१, निर्जीवन बिमा २८.०६, जीवन बिमा ४२ र सामूहिक लगानी कोष ०.०५ अंकले वृद्धि भएको छ । 

स्टकका अनुसार नेपाल बैंकको आठ करोड ६६ लाख २८  हजार ६२१, शिवम् सिमेन्ट ६ करोड ८८ लाख ३४ हजार ३२४, बुटवल पावर कम्पनी पाँच करोड ९६ लाख ४८ हजार २९०, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी चार करोड ९६ लाख ९७ हजार ५२५, सानिमा माई हाइड्रो पावर चार करोड २५ लाख ९० हजार ५५४, प्राइम बैंक रु दुई करोड ४७ लाख १० हजार ४४१ को कारोबार भई शीर्ष स्थानमा रहे । 

स्टकका अनुसार मल्टी पर्पोज फाइनान्स कम्पनीका सेयरधनीले ९.९४ प्रतिशतले कमाए । यस्तै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी ९.८८, कर्पोरेट डेभलपमेन्ट बैंक ९.८४, रिलायन्स फाइनान्स ९.७०, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले ९.१३ प्रतिशतले कमाए ।

त्यस्तै समिट लघुवित्त वित्तीय संस्था ७.०५, सिन्धु विकास बैंक ५.२२, घलेम्दी हाइड्रो पावर ४.९१, हिमालयन डिस्टिलरी ४.५५, मिथिला लघुवित्त वित्तीय संस्था ४.४३, एनआइबिएल प्रगति फन्डका लगानीकर्ताले ३.६८ गुमाएका छन् । स्टकमा आज हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडको कुल ९९ लाख साधारण सेयर सूचीकृत भएको छ ।





  • प्रकाशित मिति : जेठ ७, २०७६ मंगलबार १६:३३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया