मोडल खुश्बु ओलीलाई चेक अनादारसम्बन्धी मुद्दामा कैद र जरिवाना

मोडल खुश्बु ओलीलाई चेक अनादारसम्बन्धी मुद्दामा कैद र जरिवाना हुने भएको छ । काठमाडौं जिल्ला अदालतको फैसलाअनुसार उनलाई  ३ महिना कैद र ३ हजार जरिवाना गरिएको छ ।

गोपाल बहादुर कटुवालले दायर गरेको मुद्दामा न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई कैद र जरिवाना हुने भएको हो । कटुवालले ओलीमाथि चेक अनादारसम्बन्धी मुद्दा हालेका थिए ।

उनले दुई वर्षअघि ओलीलाई  ३६ लाख रुपैयाँ सापटी दिएका थिए। उक्त सापटी फिर्ता गर्न ओलीले दिएको कुमारी बैंक न्युरोड शाखाको चेक साट्न पटक–पटक जाँदा पैसा नभएपछि कटुवालले साउन २९ गते अदालतमा मुद्दा दिएका थिए। 

फैसलामा ओलीले कटुवाललाई ३६ लाख रूपैयाँ पनि तिर्नुपर्ने पनि उल्लेख छ ।





  • प्रकाशित मिति : जेठ ७, २०७६ मंगलबार १८:७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया