२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

पहिलोपटक संसद्लाई सम्बोधन गर्दै ट्रम्पले भने - अमेरिका इज व्याक, मेरो प्रशासन भर्खर सुरु हुँदैछ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्तामा फर्किएपछि पहिलो पटक अमेरिकी कङ्ग्रेस (संसद्)लाई सम्बोधन गर्दै ‘अमेरिका इज व्याक’ (अमेरिका फर्किएको) घोषणा गरेका छन् । आफ्नो कट्टरपन्थी नीतिको प्रशंसा गर्दै डेमोक्र्याटिक पार्टीको शत्रुताको सामना गरेपनि युक्रेनमा सफलताको घोषणा गरेका छन् । 


राष्ट्रपति ट्रम्पले अर्बपति सल्लाहकार एलन मस्कले संघीय कर्मचारीतन्त्रमाथि गरेको विवादास्पद हस्तक्षेपको बारम्बार प्रशंसा गर्दै भने, ‘मेरो प्रशासन भर्खर सुरु हुँदैछ।’ 



सन् २००० मा बिल क्लिन्टनको ‘स्टेट अफ द युनियन’को भाषणको लम्बाईलाई रेकर्ड तोडेको एक घण्टा ४० मिनेट लामो भाषणमा ट्रम्पले भने, ‘अमेरिकी सपना अजेय छ ।  

जेम्स ट्रस्लो एडम्स द्वारा १९३१ मा महामन्दी को समयमा लोकप्रिय भएको ‘अमेरिकन ड्रिम्स’ भनेको संयुक्त राज्य अमेरिकाको कथित राष्ट्रिय लोकाचारलाई जनाउने वाक्यांश हो । यसको अर्थ अमेरिकी प्रत्येक व्यक्तिसँग सफल हुने र राम्रो जीवन प्राप्त गर्ने स्वतन्त्रता र अवसर छ भन्ने हो। 



लगभग हरेक वाक्यांशसँगै रिपब्लिकन पार्टीका सदस्यहरूबाट ठूलो तालीको गडगडाहट पाएको उक्त सम्बोधनमा ट्रम्पले छुट्टाछुट्टै दुई पटक स्पेसएक्स र टेस्लाका मालिक मस्कको नाम उच्चारण गरेका थिए । 



  • प्रकाशित मिति : २१ फागुन, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया