अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली बन्धकहरूको रिहाइको विषयलाई लिएर हमासलाई कडा चेतावनी दिएका छन् ।
सामाजिक सञ्जाल ट्रुथमा ट्रम्पले इजरायली बन्धकहरूलाई रिहा नगरे हमासले ठूलो मूल्य चुकाउने चेतावनी दिएका छन् ।
उनले लेखेका छन्, 'म इजरायललाई काम सम्पन्न गर्न आवश्यक सबै कुरा पठाउँदै छु । यदि, उनीहरूले मेरो कुरा मानेनन् भने, हमासका एकजना पनि सदस्य सुरक्षित हुने छैनन् ।'
यद्यपि, ट्रम्पले इजरायललाई कस्तो सहयोग पठाउँदैछन् भनेर स्पष्ट पारेका छैनन् । उनले यो चेतावनी अन्तिम भएको भन्दै नेतृत्वलाई गाजा छोड्ने समय आएको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।