अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार गाजामा युद्धरत प्यालेष्टिनी समूहलाई बन्धक फिर्ता गर्न वा ‘नरक’को सामना गर्न तयार रहनुपर्ने चेतावनी राति दिएका छन् । उनले हमास लडाकू समूहको नेतृत्वलाई गाजा क्षेत्र खाली गर्न पनि निर्देशन दिएका हुन् ।
ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा गरेको पोस्टमा भनेका छन्, ‘सही निर्णय लिनुहोस्। बन्धकहरूलाई अहिले नै छोडिदिनुहोस्, नत्र पछि यसको परिणाम नरक हुनेछ!’
उनले अगाडि थप भनेका छन्, ‘गाजाका जनताका लागि एक सुन्दर भविष्यले पर्खिरहेको छ तर यदि तपाईं बन्धकहरू रिहा गर्नुभएन भने त्यो सम्भव हुने छैन ।’
सोही पोस्टमा अमेरिकी नेताले हमासलाई भनेका छन्, ‘सबै बन्धक र तपाईंले हत्या गरेका मानिसहरूका सबै शवहरू पछि होइन तुरून्तै अहिले नै फिर्ता गर्नुहोस् ।’
‘यो तपाईंको लागि अन्तिम चेतावनी हो! हमाससँग तपाईंसँग अझै पनि अवसर छ त्यो हो यसले अब गाजा छोड्ने समय आएको छ,’ उनले लेखेका छन् ।
उनले अगाडि लेखेका छन्, ‘म इजरायललाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने सबै कुरा पठाउँदैछु, यदि तपाईंले मैले भनेजस्तो गर्नुभएन भने हमासका कुनै पनि सदस्य सुरक्षित हुनेछैनन् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।