१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

हमासको आरोप- ट्रम्पको चेतावनीले गाजा युद्धविरामलाई कमजोर बनायो
हमासका प्रवक्ता हाजेम कासिम

हमासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीले कमजोर युद्धविरामको अवहेलना गर्न इजरायललाई प्रोत्साहित गर्ने बताएको छ ।


हमासका प्रवक्ता हाजेम कासिमले ट्रम्पको शब्दले इजरायललाई १९ जनवरीदेखि जारी युद्धविरामका शर्तहरूको अवहेलना गर्न प्रेरित गरेको बताएका हुन् ।



‘यी धम्कीहरूले युद्धविराम सम्झौतासँग सम्बन्धित मामिलालाई जटिल बनाउँदछ र यसका सर्तहरू कार्यान्वयन गर्नबाट जोगिन कब्जालाई प्रोत्साहित गर्दछ,’ कासिमले एक बयानमा भनेका छन्, ‘हमास संयुक्त राज्य अमेरिकालाई युद्धविरामको दोस्रो चरणमा प्रवेश गर्न इजरायललाई दबाब दिन आग्रह गर्दछ ।’ 

अमेरिकाले ‘आतङ्कवादी’ समूह मान्ने हमाससँग गाजामा रहेका अमेरिकी बन्धकहरूलाई लक्षित गरी आकस्मिक प्रत्यक्ष वार्ता गरेको ट्रम्पको प्रशासनले खुलासा गरेको केही घण्टापछि ट्रम्पको यो चेतावनी आएको थियो । 



इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले इजरायलसँग परामर्श भएको पुष्टि गर्दै प्रत्यक्ष वार्ताका बारेमा आफ्नो धारणा व्यक्त गरेको जनाएको छ ।

ट्रम्पले आफ्नो प्रशासनले अर्बौँ डलरको हतियार छिटो उपलब्ध गराउने क्रममा आफूले इजरायललाई आफ्नो काम पूरा गर्न आवश्यक सबै कुरा पठाउने बताएका थिए ।

उनले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, ‘सबै बन्धकहरूलाई अहिले रिहा गर्नुहोस्, पछि होइन, र तपाईंले हत्या गरेका मानिसहरूका सबै शवहरू तुरुन्तै फिर्ता गर्नुहोस्, अन्यथा यो तपाईंको लागि ‘नारकीय’ बाटो हुनेछ ।  
 
ट्रम्पले ६ अक्टोबर २०२३ मा हमासको आक्रमणको प्रतिक्रियास्वरूप इजरायलको अथक सैन्य अभियानका कारण गाजाको सम्पूर्ण जनसङ्ख्या विस्थापित भएको पनि बताएका थिए । 

‘गाजाका जनताका लागिः एक सुन्दर भविष्यले पर्खिरहेको छ । तर, यदि तपाईं बन्धकहरू राख्नुहुन्छ भने तपाईं सम्झनुस् परिस्थिति फरक हुनेछ । ठूलो क्षति व्यहोर्नुपर्नेछ,’ उनले भने । 



  • प्रकाशित मिति : २२ फागुन, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया