काेपा अमेरिकाका लागि मेस्सीकाे कप्तानीमा अर्जेन्टिनाकाे राष्ट्रिय टिम घाेषणा

काठमाडौं– काेपा अमेरिका कपका लागि लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । टिममा २३ सदस्य रहेका छन् । कप्तान मेस्सीसँगै अर्जेन्टिनाकाे टिममा विश्वचर्चित खेलाडीहरु रहेका छन् । 

टिमकाे गाेलकिपरमा फ्रान्को अरमानी, स्टेबन एन्ड्रडा, अगस्टिन मारचसिन छन्,  डिफेन्डरमा जुआउन फायथ, निकोलस वटामेन्डी, जर्मन पजेला, निकोलस टाग्लिफिको, रमिरो फुनेस मोरी, रेन्जो सराभिया, मार्कुस अकुना, मिल्टन कस्को रहेका छन् । 

मिडफिल्डरमा गुइडो रोड्रिगुएज, लेन्ड्रो परेन्डेस, एक्सपीसिएल पालासिओस, गिओभानी लो सेल्सो, रोबर्टो पेरेरा, एन्जल डि मारियाऽ रोड्रिगो डि पाउल र फरवार्डमा मेस्सीसँग सर्जियाे अग्युराे, म्याटिस सुआरेज, पाउल डिबेला र लउटराे मार्टिनेज छन् । 

याे टुर्नामेन्ट २०२० काे जुनदेखि जुलाईसम्म अर्जेन्टिना र काेलम्बियामा हुनेछ । 





  • प्रकाशित मिति : जेठ ८, २०७६ बुधबार ८:२५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया