सगरमाथाकाे उचाइ नाप्ने नापी विभागकाे टाेली चुचुराेमा

काठमाडौं–  सगरमाथाको उचाइ नाप्न गएको नेपाली नापी विभागको टोली सगरमाथाको चुचुराेमा पुगेको छ।  विभागका उपसचिव खिमलाल गौतम नेतृत्वको टोली बुधबार बिहान ३ बजे शिखरमा पुगेको हो।

विभागकाे टाेली अत्याधुनिक उपकरणसहित सगरमाथाकाे उचाइ लिन गएका उनीहरु शिखरबाट फर्केर साउथकोल आइसकेको छ । 

टोलीले शिखरमा जिपिएसमा सेट गरेको छ। यसले स्याटेलाइटबाट आएका विभिन्न संकेतहरु रेकर्ड गर्ने गर्छ । यिनै तथ्यांकका आधारमा उचाइकाे टुंगाे लगाइनेछ। जसका लागि ६ महिनाकाे समय लाग्नेछ । 

 नेपालले सगरमाथाको उचाइ नाप्न लागेको यो पहिलो पटक हो।

 विभागको टोली बिहीबारसम्ममा आधारशिविर आइपुग्ने आरोहण व्यवस्थापनको जिम्मा लिएको पिक प्रमोशन प्रालिले जानकारी दिएकाे छ । 





  • प्रकाशित मिति : जेठ ८, २०७६ बुधबार ९:५७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया