२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

फेरि काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिए शिक्षक [फोटोफिचर]

देशभरका शिक्षकहरू फेरि सडक आन्दोलनमा उत्रिएका छन् । आज शनिबार शिक्षकहरूले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म बृहत प्रदर्शन गरेका हुन् ।


नेपाल शिक्षक महासंघको नेतृत्वमा देशैभरका शिक्षकहरू काठमाडौंमा केन्द्रित भई शिक्षा ऐन जारी गर्न दबाब दिन बृहत आन्दोलनसहित सुरु गरिएको छ । उनीहरू माइतीघर मण्डलाबाट नारा जुलुस गर्दै नयाँ बानेश्वरसम्म पुगेका छन् ।



विगतका सबै सहमति सम्बोधन हुने विद्यालय शिक्षा ऐन जारी गर्न राज्यलाई बाध्य पार्न उनीहरूले आन्दोलन गरेका हुन् । महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । यसअघि २०८० मा सरकारसँग भएको सहमति अनुसार शिक्षा ऐन जारी हुनुपर्ने उनीहरुको माग छ ।

आन्दोलनलाई एक्यबद्धता जनाउन पुगेका नेपाल टे«ड युनियन कांगे्रसका महासचिव अजय कुमार राईले पटक पटक सम्झौता भएका मुद्दाहरूलाई कार्यान्वयन नगर्नु भनेको राज्यको दृष्टिकोण  श्रमजीवी वर्गप्रति सकारात्मक नहुनु रहेको बताए ।



‘राजनीतिक दलहरू पनि श्रमजीवी वर्गप्रति अनुदार हुनुको कारण आज फेरी शिक्षक साथीहरू आन्दोलनको मैदानमा उत्रनु परेको हो । त्यसर्थ विद्यालय शिक्षा ऐन सरकारले यथाशिघ्र जारी गर्नु पर्दछ । भन्ने ट्रेड युनियन कांग्रेसको यही धारणा छ ।’ उनले भने ।

 



  • प्रकाशित मिति : २४ फागुन, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया