१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

चीनमा हजारौं उद्योगले रोबोट निर्माण गर्दै, शेन्जेन क्षेत्रमा रोबोटिक्स क्रान्ति

चीनको शेन्जेन क्षेत्र रोबोटिक्स क्रान्तिका रुपमा अग्रणी देखिएको छ । टेक हब शेन्जेनले चीनको रोबोटिक्स क्रान्तिको नेतृत्व नै गरिरहेको छ ।


शेन्जेनको रोबोटिक्स क्षेत्रले चीनमा प्रभुत्व नै जमाइरहेको छ । अपटेकका प्रमुख ब्रान्ड अफिसर, माइकल ट्याम एआई सहअस्तित्वको युगमा रोबोटहरु महत्वपूर्ण हुने दाबी गर्छन् ।



तथ्याङ्क अनुसार ५१ हजार १०० रोबोट सम्बन्धित उद्यमहरू, र १७९.७ बिलियन युआन, वा २५ बिलियन अमेरिकी डलर बराबरको कारोबार रोबोटिक्स उद्योगहरूले गरिरहेका छन् ।

चीनका कतिपय स्थानमा अर्थात् साना इलेक्ट्रोनिक्स बजारमा, रोबोटका पार्टपुर्जाहरू बबल टी जस्तै बेचिने गरेको समेत पाइन्छ ।



शेन्जेनमा रोबोटिक्सको औद्योगिक विकास सम्बन्धी २०२३ को श्वेतपत्रका अनुसार बाओआन जिल्लाको औद्योगिक पार्कमा ८० प्रतिशत कम्पोनेन्टहरू ५० किलोमिटरको दायरा भित्रबाट प्राप्त गरिन्छ, जसले गर्दा लागत ३० प्रतिशतले घटेको छ।

वास्तवमा शेन्जेन क्षेत्र १० अर्ब युआन वा १.४ अर्ब अमेरिकी डलरको सरकारी प्रतिबद्धताका साथ उत्कृष्ट विज्ञान–प्रविधि नवप्रवर्तन इकोसिस्टम सिर्जना गर्ने अठोटका साथ काम समेत गरिरहेको छ । यतिबेला शेन्जेन क्षेत्र रोबोट निर्माणका लागि उत्कृष्ट ठहरिँदै गएको छ । 
 



 

  • प्रकाशित मिति : २५ फागुन, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया