फेसबुककाे नयाँ सिईओमा माइक्राेसफ्टका ब्रेड स्मिथ ?

क्यानडा–  फेसबुकका पूर्व चीफ सेक्युरिटी अफिसर एलेक्स स्टेमसले मार्क जुकरबर्गलाई फेसबुकमाथि आफ्नाे अधिकार कम गर्न सुझाव दिएका छन् । यसका लागि नयाँ सीईओकाे नियुक्ति गर्नु आवश्यक रहेकाे उनकाे भनाइ छ । 

स्टेमसले फेसबुकमा सीईओ पदका लागि माइक्राेसफ्टका प्रेसिडेन्ट ब्रेड स्मिथ उपयुक्त व्यक्ति भएकाे धारणा राखेका छन् ।  

स्मिथ १९९३ बाट माइक्राेसफ्टमा काम गरिरहेका छन् । २००२ मा उनी कम्पनीका प्रमुख कानुनी सल्लाहाकार बने । भनिन्छ कि क्याम्ब्रिज एनालिटिका विवादकाे क्रममा जुकरबर्गले स्मिथसँग सल्लाह लिएका थिए । 

फेसबुकलाई अझ स्ट्रङ बनाउन आन्तरिक क्रान्तिकाे जरुरत रहेकाे स्टेमस बताउँछन् । यसकाे जिम्मेवारी जुकरबर्ग लिन आवश्यक रहेकाे बताएका छन् । स्टेमसका अनुसार जुकरबर्गले चिफ प्राडक्ट अफिसरकाे जिम्मेवारी पनि सम्हालीरहेका छन् । क्रिस्टाेफर कक्सकाे राजीनामा पछि याे पद खाली भएकाे थियाे । ​

समाजमा फेसबुककाे धेरै प्रभाव भएका कारण कम्पनीमाथि विभिन्न सवाल उठिरहेका छन् । केही पहिला फेसबुकका काे–फाउन्डर क्रिस ह्युजले फेसबुकलाई फुटाएर अलग–अलग कम्पनी बनाउन आवश्यक रहेकाे बताएका थिए । 





  • प्रकाशित मिति : जेठ ८, २०७६ बुधबार १२:४८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया