एचआइभी संक्रमित पूर्व फुटबलर श्रेष्ठले सगरमाथाको आरोहण गरे

काठमाडौं– एचआइभी संक्रमित पूर्वफुटबल खेलाडी गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेका छन्।

उनी दुई जना शेर्पासहित बुधबार बिहान शिखर पुगेकाे पर्यटन विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिइन्। ५१  वर्षिय श्रेष्ठले २०७२ सालमा पनि आरोहणको प्रयास गरेका थिए। तर सगरमाथाको आधार शिविरमा हुँदा भूकम्प आए पछि फर्किएका थिए।

पाेखराका श्रेष्ठले ११ वर्ष अघि एचआइभी संक्रमित भएको सार्वजनिक गर्ने समयमै सगरमाथा आरोहण गर्ने संकल्प गरेका थिए। 





  • प्रकाशित मिति : जेठ ८, २०७६ बुधबार १३:१२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया