२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

सांसदले उठाएका विषयमा जवाफ दिन सरकारलाई निर्देशन

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सदनमा सांसदले उठाएका विषयको समयभित्रै जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । 


राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष दाहालले बैठकको शून्य र विशेष समयमा सांसदहरूले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरूलाई जवाफ दिन निर्देशन दिएका हुन् । 



उनले अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका सन्दर्भमा सांसदहरूले उठाएका महिला र बालबालिका, हिंसा, बलात्कार, हत्यालगायत विषय, शिक्षकको आन्दोलन, स्वर्गाद्वारी गुठीको समस्या, दलित, आदिवासी जनजाति र किसानका समस्या एवं सुशासन, सेवा प्रवाहबारे उठेका प्रश्नको जवाफ दिन निर्देशन दिएका हुन् । 
     
बैठकमा प्रधानमन्त्रीका तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन’ पेस गरे । राष्ट्रिय सभाको अर्को बैठक आगामी चैत ४ गते दिउँसो १:१५   हुनेछ । 





  • प्रकाशित मिति : २५ फागुन, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया