भेरी ब्युरो इन्चार्जसँगै विप्लव समूहका पाँचजना पक्राउ

काठमाडौं– प्रहरीले नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका भेरी ब्युरो इन्चार्ज बलबहादुर वलीसहित पाँचजनालाई पक्राउ गरेको छ । भेरी ब्युरो इन्चार्ज वलीसँगै र भेरी ब्युरो सदस्य एवं सुर्खेत जिल्ला सेक्रेटरी खडकबहादुर खड्कासमेत पक्राउ परेका छन् । 

उनीहरूलाई सुर्खेतको भेरीगंगा नगरपालिका ५ भर्लेनीस्थित दलबहादुर वलीको घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट विभिन्न दस्ताबेजसमेत बरामद गरेको भनाइ छ ।

त्यस्तै, जाजरकोटको कुशे गाउँपालिका २ बाट अन्य तीनजनालाई पक्राउ परेका छन् । पक्राउ पर्ने अन्यमा जिल्ला जनसरकार प्रमुख हरिचन्द्र जैशी, मुगुको छायानाथ नगरपालिका घर भई कुशे गाउँ कमिटी सदस्य दीपकबहादुर सावत र जाजरकोट जिल्ला कमिटी सदस्य अजपाल बुढा पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।





  • प्रकाशित मिति : जेठ ८, २०७६ बुधबार १३:४१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया