काठमाडौं– महोत्तरीमा विवाहको मिति तोकिएको आठ दिनअघि एक व्यक्तिले आत्महत्या गरेका छन् । जिल्लाको भंगहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँका सुबोधकुमार महराले मंगलबार आत्महत्या गरेका हुन् ।
उनको आगामी जेठ १५ गतेका लागि विवाहको मिति तय गरिएको थियो । नपा–७ बस्ने जयनारायण महराका २२ वर्षीय महराको शव घरभन्दा ५०० मिटर परको जंगलमा रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
उनको छिमेकी गाउँ औरही नगरपालिका–७ मा विवाह तय गरिएको थियो । घरायसी तनावका कारण युवकले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।
मृतक युवकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाएको तथा घटनाबारे अनुसन्धान भइरहेको जिप्रका महोत्तरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।