२५ मंसिर, २०८२ बिहीबार
Dec. 11, 2025

दोस्रो चरणको शिक्षक आन्दोलन : रिले अनसनदेखि देशभरका शिक्षक काठमाडौंका सडकमा ओर्लिनेसम्म

नेपाल शिक्षक महासङ्घले सोमबार दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । गत २४ फागुनमा पहिलो चरणको एक महिने आन्दोलन सम्पन्न गरेको महासङ्घले सोमबार पत्रकार सम्मेलन गरेर दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो । 


महासङ्घका अनुसार दोस्रो चरणको आन्दोलन मंगलबारदेखि सुरु हुँदै छ । फागुन २७ देखि चैत ५ गतेसम्म राजनीतिक दलका केन्द्रीय कार्यालयमा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम महासङ्घले सार्वजनिक गरेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत, नागरिक उन्मुक्ति, राप्रपा, जसपा, लोसपा र राजमोको पार्टी कार्यालयमा धर्ना दिने महासङ्घले जनाएको छ ।



सोही अवधिमा हरेक जिल्ला आन्दोलन परिचालन समितिले आफ्नो जिल्लाबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसदहरूसँग भेट गरी विद्यालय शिक्षा ऐन जारी गर्ने पक्षमा सक्रिय हुन दबाब दिने पनि महासङ्घले जनाएको छ । त्यस्तै चैत ७ गतेदेखि १५ गतेसम्म काठमाडौंमा रिले अनसन गर्ने तालिका महासङ्घको छ ।

यति गर्दा पनि सरकारले शिक्षकका माग मुद्दा सम्बोधन नगरे चैत २० गतेबाट देशभरका सबै शिक्षक कर्मचारी काठमाडौंमा अनिश्चितकालीन सडक आन्दोलन गर्ने चेतावनी सरकारलाई दिएको छ । उक्त आन्दोलन विद्यालय शिक्षा ऐन जारी नभएसम्म कायम रहने पनि महासङ्घले जनाएको छ ।



यसअघि फागुन २४ गते देशभरका शिक्षकलाई काठमाडौं बोलाएर सडक आन्दोलन गरेको महासङ्घले सरकारले शिक्षकका माग मुद्दालाई सरकारले जति प्राथमिकताका साथ हेर्नुपर्ने भए पनि त्यो नभएको गुनासो गरेको छ । शिक्षा ऐन जारी गर्नुपर्ने मूल मुद्दा बनाएको महासङ्घले यही विषयलाई लिएर गत वर्षदेखि बारम्बार आन्दोलन गर्दै आइरहेको हो । 

कक्षा १० का विद्यार्थीको माध्यमिक शिक्षा परीक्षा (एसइई) सँगै वार्षिक परीक्षा नजिक आइरहेका बेला शिक्षकहरू सडक आन्दोलनमा उत्रिन लागेका हुन् । शिक्षकको आन्दोलनले विद्यार्थीको पढाइमासमेत असर पर्ने देखिन्छ । कक्षा कोठामा हुनुपर्ने शिक्षकलाई बारम्बार सडकमा आउन बाध्य बनाइरहेको सरकारले यो विषयमा उचित कदम लिनुपर्ने देखिन्छ ।  



  • प्रकाशित मिति : २६ फागुन, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया