सगरमाथाको वास्ताविक उचाइ पत्ता लाग्न ६ महिना लाग्ने

काठमाडौं– सगरमाथाको उचाइ मापन गर्न गएको नापी विभागको प्राविधिक कर्मचारीको टोलीले शिखरको उचाइको परिणाम आउन अझै करिब ६ महिना लाग्ने जनाएकाे छ । बुधबार बिहान ३:०० बजे प्रमुख नापी अधिकृत खिमलाल गौतम र अधिकृत रवीन कार्कीले सफलतापूर्वक आरोहण गरी टुप्पोको आसपास बिन्दुमा ग्लोबल नेभिगेसन स्याटलाइट सिस्टमको उपकरण जडान गरेका थिए । 

विभागले पहिलोपटक सरगरमाथाको उचाइ मापन गर्ने उद्देश्यले आवश्यक तालिम तथा पथ प्रदर्शकको व्यवस्था गरी प्राविधिकलाई त्यस क्षेत्रमा गत चैत २७ गते खटाएको थियो। उक्त टोलीमा नापी विभागका सुरजसिंह भण्डारी र युवराज धितालसमेत छन् । उनीहरुले उक्त शिखरको आधार शिविरमा रही उचाइ मापनमा आवश्यक अन्य सहयोग गरिरहेका विभागले जनाएको छ ।  

आरोहण कार्य चुनौतीपूर्ण रहेको र मौसमको अनुकूलता कायम भएमा शुक्रबारसम्म टोली काठमाडौँ फर्कन सक्ने विभागका सगरमाथा उचाइ मापन परियोजना संयोजक सुशील डंगोलले जानकारी दिए । डंगोलले कार्यक्षेत्रमा संकलन गरिएका सूचना तथा अन्य विवरणका साथै प्राविधिक अध्ययन पूरा गरेपछि शिखरको उचाइको परिणाम आउन अझै करीब छ महिना लाग्ने जानकारी दिए ।





  • प्रकाशित मिति : जेठ ८, २०७६ बुधबार १४:१८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया