२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

राष्ट्रियसभा अध्यक्षद्वारा चार विधेयक प्रमाणित, मंगलबार राष्ट्रपतिकहाँ पठाइने

राष्ट्रियसभामा उत्पत्ति भएका विभिन्न चार विधेयकलाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आज प्रमाणित गरेका छन् ।


अध्यक्षले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’, ‘विद्युतीय व्यापार विधेयक, २०८०’, ‘विधायनसम्बन्धी विधेयक, २०८०’ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६’ प्रमाणित गरेका हुन् । 



अध्यक्ष दाहालले प्रमाणित गरेका विधेयकलाई प्रमाणीकरणका लागि भोलि मङ्गलबार राष्ट्रपति कहाँ पठाइनेछ । संविधानको धारा ११३ को उपधारा (१) बमोजिम राष्ट्रियसभा अध्यक्षले प्रमाणित गरी धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पेस गर्नुपर्दछ ।

राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरिसकेपछि ऐनका रूपमा लागू हुन्छ । 





  • प्रकाशित मिति : २६ फागुन, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया