कांग्रेसको कुरा नसुनेका कारण सरकार सुध्रिएन : रामचन्द्र पौडेल

कैलाली– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारको प्रमुख प्रतिपक्षी दल कांग्रेसको कुरा नसुन्नु नै सरकारको प्रमुख कमजोरी भएको बताएका छन् । 

नेपाल प्रेस युनियन कैलालीले बुधबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले सरकारले जनतामा आश्वासन धेरै बाँडेको, समृद्धिको यात्रालाई पनि अगाडि बढाउन नसकेको उल्लेख गरे ।

‘अर्काको कुरा सुनिदिएर अघि बढेको भए सरकारको गल्ती सुधार हुने थियो,’ पौडेलले भने, ‘नसुध्रिने सरकारको नियत नै हो ।’ सरकारले जनतालाई सन्तुष्ट गर्न नसकेको पोडेलले बताए । 

उनले नेपाली कांग्रेस पार्टीको विधानले सबै संरचना खडा गरिसकेको बताउँदै अब त्यसलाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याइरहेको बताए । 





  • प्रकाशित मिति : जेठ ८, २०७६ बुधबार १४:२९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया