पाँचथर हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने गृहमन्त्रीकाे प्रतिबद्धता

काठमाडौं– बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै गृहमन्त्री रामबहादुर थापाले पाँचथरमा भएको नौजनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् ।

घटनाबारे जानकारी गराउँदै थापाले घटना घटाउने व्यक्तिको खोजतलास भइरहेको र प्रहरीलाई हत्याकाण्डको यथार्थ विवरण छिट्टै सार्वजनिक गर्न निर्देशन दिइसकेको जानकारी दिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र प्रदेश १ प्रहरी कार्यालयबाट एसएसपी नेतृत्वको टोली घटनास्थल पुगेको छ । सो घटनामा भागेर बाँच्न सफल १३ वर्षीय बालिका सीता खुजुमको दमकस्थित एक अस्पतालमा उपचार भइरहेको र उनको उपचारका लागि आवश्यक व्यवस्था मिलाइएको पनि गृहमन्त्री थापाले बताए ।





  • प्रकाशित मिति : जेठ ८, २०७६ बुधबार १५:५७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया