अमेरिकी राजदूतलाई कूटनीतिक मर्यादामा बस्न चेतावनी

काठमाडौं– पूर्वप्रधानमनत्री एवं सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कूटनीतिक मर्यादामा बस्न अमेरिकी राजदूतलाई सचेत गराएका छन् ।

अमेरिकी राजदूत र्यान्डी बेरीले ‘जनतासँग गफगाफ’ संवाद कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेपछि नेता नेपालले उनलाई सचेत गराएका हुन् ।  राजदूत बेरीलाई परराष्ट्र मन्त्रालयले समेत यसो नगर्न आग्रह गरेको छ ।

पूर्वप्रधानमन्त्री नेपालले पनि राजदूतको योजनाबारे असन्तुष्टि जनाउँदै भने, ‘सबैले कूटनीतिक मर्यादाको पालना गर्नुपर्छ । त्यसमा पनि सबैले गरून् भन्ने चाहनेले पालना गरेर देखाउनुपर्छ’ सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले भने ।

नेकपाकै अर्का नेता भीम रावलले राजदूतले नेपाली जनतासँग प्रत्यक्ष रुपमा संवाद गर्ने गतिविधि गर्न नमिल्ने प्रतिक्रिया दिएका छन् ।
कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले पनि सरकारको अनुमतिविना राजदूतले जनतासँग प्रत्यक्ष कार्यक्रम गर्न नमिल्ने बताए ।

अमेरिकी राजदूत बेरीले आगामी सोमबारबाट ‘राजदूतसँग गफगाफ’ नामक संवाद कार्यक्रम सञ्चालन गर्ने बताएका थिए ।





  • प्रकाशित मिति : जेठ ८, २०७६ बुधबार १८:५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया