रुसले साउदी अरबमा भएको वार्तापछिको युद्धविरामको विस्तृत विवरणबारे अमेरिकाले जानकारी गराउने प्रतीक्षा गरिरहेको जनाएको छ ।
युक्रेनले ३० दिने युद्धविरामको सुझावलाई समर्थन गर्दै रुससँग तत्काल वार्ता गर्न सहमत भएपछि वासिङ्टनले अब बल मस्कोको कोर्टमा पुगेको बताएको छ ।
जेद्दाह वार्तापछि अमेरिकाले युक्रेनलाई दिइँदै आएको सैन्य सहायतामा लगाइएको प्रतिबन्ध फुकुवा गरेको थियो । मस्को युद्धविरामका लागि सहमत हुन्छ कि हुँदैन भन्ने प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारलाई भन्नुभयो, ‘तपाईंहरू धेरै अघि बढ्नुभयो । हामीले आगामी दिनमा अमेरिकीहरूसँग सम्पर्क गर्ने योजना बनाएका छौँ । जुन अवधिमा हामी सम्पूर्ण जानकारी प्राप्त गर्ने मा भरोसा गर्दछौँ ।’
युक्रेनसँगको वार्तामा संलग्न अमेरिकी अधिकारीसँग ‘उच्चस्तरीय’ फोन वार्ता हुने सम्भावनालाई स्वीकार्दै उनले भने, ‘अमेरिकासँगको कुराकानीपछि यस सन्दर्भमा के गर्ने भन्ने निर्णय गर्नु उपयुक्त होला ।’
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग युक्रेनमा तीन वर्षदेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कुराकानी गरेका थिए । मस्कोले यसअघि युक्रेनमा युद्धविराम गर्न सहमत नहुने बताउँदै आएको थियो
पेस्कोभले मस्कोले जेद्दाहमा दिइएका सबै वक्तव्यलाई ध्यानपूर्वक अध्ययन गरिरहेको पनि बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।