अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्धविरामका लागि वार्ता गर्न अमेरिकी टोली रुस प्रस्थान गरेको बताएका छन् । टोलीमा समावेश व्यक्तिहरूको नाम भने सार्वजनिक गरेको छैन ।
साउदी अरेबियामा अमेरिकी अधिकारीहरूसँगको वार्तापछि युक्रेनले ३० दिनको तत्काल युद्धविरामको अमेरिकी प्रस्तावमा सहमति जनाएको थियो ।
साउदी अरेबियाको जेद्दामा भएको बैठकपछि युक्रेनले अब यस विषयमा रुसलाई मनाउने काम अमेरिकाको हातमा रहेको बताएको थियो ।
यसैबीच, रुसी राष्ट्रपति कार्यालयले युद्धविराम प्रस्तावको अध्ययन गरिरहेको बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।