१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

अमेरिकाले द्वन्द्वलाई ‘बिनाशर्त’रोक्न दबाब दिएपछि रुसको टिप्पणी - युक्रेनका लागि अस्थायी विश्राम मात्रै हो

क्रेमलिनका एक उच्च सहयोगीले रुस र युक्रेनबीच युद्धविरामका लागि अमेरिका–युक्रेनी प्रस्तावको आलोचना गर्दै यसले युक्रेनी सेनाका लागि ‘राहत’ मात्र हुने बताएका छन् । 


अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जसँग फोनमा कुरा गरेपछि युरी उशाकोभले सरकारी सञ्चारमाध्यमसँग भनेका छन्, ‘यो युक्रेनी सेनाका लागि अस्थायी विश्राम बाहेक अरू केही हुनेछैन ।’



राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार ‘सम्भवतः थप विशिष्ट र ठोस आकलन’ गर्ने उनको भनाई छ । उशाकोभले रुसले ‘दीर्घकालीन शान्तिपूर्ण समाधान’को लक्ष्य राखेको र यसले रुसको ‘वैध हित’ सुरक्षित गर्ने बताए । 

उनले भने, ‘हामी त्यसैका लागि प्रयासरत छौँ । साथै, शान्तिपूर्ण कदमको नक्कल गर्ने कुनै पनि कदम अहिलेको परिस्थितिमा कसैलाई पनि आवश्यक छैन भन्ने मलाई लाग्छ ।’
 
वासिङ्टनले मस्कोलाई तीन वर्षे द्वन्द्वलाई ‘बिनाशर्त’ रोक्न दबाब दिइरहेका बेला अमेरिकी वार्ताकारहरूले युक्रेनमा ३० दिने युद्धविरामको आफ्नो योजना प्रस्तुत गर्न बिहीबार रुस आएका छन् ।  





  • प्रकाशित मिति : २९ फागुन, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया