भारतको लद्दाख कारगिल क्षेत्रमा शुक्रबार बिहान भूकम्प गएको छ ।
भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार स्थानीय समय २ बजेर ५० मिनेटमा ५.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको झड्का जम्मु कश्मिर क्षेत्रमा पनि महसुस भएको थियो ।
भारतीय मिडियाहरुका अनुसार भूकम्पले मानवीय क्षति भएको छैन । तर केही कमजोर पर्खाल र घरहरु भत्किएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।