१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

माओवादी मुख्यालयमा पुगे शिक्षक, आन्दोलनलाई थप चर्काउने चेतावनी

नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन अन्तर्गत शुक्रबार नेकपा माओवादी केन्द्रीय कार्यालय, पेरिस डाँडामा धर्ना दिएको छ । मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपा, बुधबार एमाले कार्यालयमा धर्ना दिएका शिक्षकहरूले शुक्रबार माओवादी केन्द्रीय कार्यालयमा धर्ना दिन पुगेका हुन् । 


दोस्रो चरणको आन्दोलन अन्तर्गत उनीहरूले चैत ५ गतेसम्म विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरेका छन् । विद्यालय शिक्षा ऐन यही हिउँदे अधिवेशनबाट जारी गर्नुपर्ने आफूहरूको माग रहेको शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए ।



उनले भने, ‘विगतमा पटक पटक आन्दोलन भएर सहमति भएका छन् । ती सहमतिहरूलाई सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन यही हिउँदे अधिवेशनबाट जारी गर्नुपर्छ भनेर दबाब निर्माण गर्नका आन्दोलनमा छौँ ।’

शिक्षकहरूको स्थायित्व, सेवा सुविधा, बाल विकास कार्यक्रम, विशेष शिक्षा र सरकारी तथा निजी विद्यालयबीचको भेदभाव हटाउनुपर्ने मागसहित महासंघ दोस्रो चरणको आन्दोलनमा छ ।
 
महासङ्घले पहिलो चरणको आन्दोलनपछि पनि ठोस पहल नभएको भन्दै अब संघर्षलाई अझ सशक्त बनाउने चेतावनी दिएको छ । 



पार्टी कार्यालयहरूमा धर्नाको कार्यक्रमपछि सांसदहरूसँग भेटघाट, काठमाडौंमा रिले अनसन र काठमाडौं केन्द्रित अनिश्चित कालीन सडक आन्दोलन गर्ने महासङ्घको तयारी छ । 



  • प्रकाशित मिति : १ चैत, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया