१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

राष्ट्रिय सभामा सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग
फाइल तस्बिर

सांसदहरूले गत साउनमा भएको सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग गरेका छन् । आज राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद धनश्याम रिजालले गत साउनमा दुर्घटना भएको सौर्य एयरसलाइन्सको दुर्घटनाबारे सत्यतथ्य छानबिनको माग गरे । 


‘उक्त जहाज दुर्घटना भएको आठ महिना वितिसक्दा पनि छानबिन गरेर प्रतिवेदन तयार गर्न सकेको छैन । दुर्घटनामा ज्यान घुमाउने मृतकका आफन्तले छानबिनको माग गरिरहेका छन् । उनीहरुको माग सम्बोधन गर्न सरकारको ध्यानआकर्षण गराउन चाहन्छु,’ उनले भने ।



सांसद रेणु चन्दले पनि सौर्य एयरलाइन्सको दुर्घटनासम्बन्धमा सत्यतथ्य छानबिन गर्न ढिलाइ गर्न नहुनेमा जोड दिइन् ।  





  • प्रकाशित मिति : ४ चैत, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया