अछामको बटुलासेन आसपास केन्द्रबिन्दु भएर मङ्गलवार बिहान ६ः३३ बजे स्थानीय म्याग्निच्युड ४.३ को भूकम्प गएको छ ।
नेपाल भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्प सुदूरपश्चिम क्षेत्रमै महसुस गरिएको थियो। हालसम्म कुनै ठुलो क्षति वा मानवीय हताहतको जानकारी आएको छैन ।
नेपाल भूकम्प प्रवृत्त क्षेत्रभित्र पर्ने भएकाले यहाँ साना परकम्पहरू जाने क्रम जारी रहन सक्ने विज्ञहरूले बताएका छन्। भूकम्पको थप विवरण सङ्कलन भइरहेको केन्द्रले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।