बलिउड– कान्स फिल्म फेस्टिभलमा आफ्नाे ग्ल्यामरस डेब्युपछि प्रियंका चाेपडा इथियाेपियाकाे आदिस अबाबाकाे शरणाार्थी क्याम्पमा पुगेकी छन् । युनिसेफकी गुडविल एम्बेसडर प्रियंकाले शरणार्थी शिविरमा रहेका बच्चासँग समय बिताएकी छन् । उनले यहाँका केही फाेटाे र अनुभव इन्स्टाग्राममा सेयर गरेकी छन् ।
बम्बासी शरणार्थी क्याम्पका बारेमा प्रियंकाले लेखेकी छन् –यहाँ एक प्राइमरी स्कुल छ, जसमा ट्रेन्ड टिचर्सकाे कमी छ । ८९ बच्चालाई एक टिचर छन् । हुबाहिराे जाे एक शरणार्थी हुन, उनी विहानै ग्रेड चारसम्म पढाउँछन र दिउँसाे आठ ग्रेडसम्मकाे क्लास लिन्छन् । हुबाहिराेकी आमा पनि स्कुलमा टिचर हुन तर दुवैलाई पारिश्रमिक निकै कम छ ।’
पछिल्लाे वर्ष प्रियंका बंगलादेशकाे काेक्स बजार क्षेत्रमा रहेका राेहिंग्या शरणार्थी क्याम्प पुगेकी थिइन् । क्याम्पमा प्रियंका धेरै बच्चासँग भेट भइन र सामाजिक सञ्जालमा तस्वीर सेयर गरेकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।