एजेन्सी– भारतीय लोकसभा निर्वाचनमा बिहार राज्यको बेगूसरायबाट उम्मेदवारी दिएका कन्हैया कुमार निकै धेरै मतले पछाडि छन् । त्यहाँ भारतीय जनता पार्टीका गिरिराज सिंह निकै धेरै मतले अगाडि छन् । कन्हैया दोस्रो नम्बरमा छन् ।
निकै महत्वका साथ हेरिएको यो क्षेत्रको चुनावी नतिजामा आफू पछाडि परेपछि कन्हैया कुमारले आफ्ना समर्थकलाई सम्बोधन गरेका छन् ।
‘सबैभन्दा पहिले त संख्याको आधारमा के नतिजा आउँछ भन्ने हेर्न नै बाँकी छ,’ कन्हैयाले भनेका छन्, ‘विकल्प नभएको लाभ भारतीय जनता पार्टीले उठाएको छ ।’ कन्हैयाले बेगूसरायमा अहिलेसम्म साढे ३ लाख मत मात्र गनिएकाले पछि यो रिजल्ट फेरिन सक्ने पनि बताएका छन् ।
उनले निर्वाचनअघि नै आफूले यो निर्वाचनमा हारेमा पनि केही गुमाउन नपर्ने बताएको पनि स्मरण गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।