१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

रुस र युक्रेनबीच ३५० बन्दी आदानप्रदान

संयुक्त अरब इमिरेट्स (यूएई) ले रुस र युक्रेनबीच युद्धबन्दीहरूको नयाँ आदानप्रदानमा मध्यस्थता प्रयासको सफलताको घोषणा गरेको छ । 


पछिल्लो सहमति अनुसार दुवै मुलुक (१७५ युक्रेनी बन्दी र १७५ रुसी बन्दी) गरी कुल ३५० बन्दी आदानप्रदान गर्ने मध्यस्थता वार्ता सफल भएको यूएईले जनाएको छ । 



योसँगै युक्रेनमा रुसी आक्रमणमा सुरु भए यता यूएईको मध्यस्थतामा कुल तीन २३३ कैदीबन्दीको आदानप्रदान भएको छ । 

यूएईको परराष्ट्र मन्त्रालयले मध्यस्थता प्रयासमा सहयोगका लागि रुस र युक्रेनको समन्वयको प्रशंसा गरेको छ । यसले दुई देशबीचको सङ्कट समाधान गर्ने सबै प्रयासलाई समर्थन गर्न यूएईको भूमिकाको लागि दुबै देशहरूको प्रशंसालाई प्रतिबिम्बित गर्दछ ।   





  • प्रकाशित मिति : ७ चैत, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया