मोदीलाई बधाई दिँदै ओलीले भने– निकट रहेर काम गर्न तत्पर छु

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई दिँदै निकट रहेर काम गर्न तत्पर रहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले ट्विट गर्दै २०१९ को लोकसभा चुनावको जितका लागि बधाई दिएका हुन् ।

उनले मोदीको आगामी सफलताका लागि पनि शुभकामना दिँदै मोदीसँग निकट रहेर काम गर्न तत्पर रहेको पनि उल्लेख गरेका हुन् ।

भारतको निर्वाचन आयोगले अहिलेसम्म अन्तिम परिणाम घोषणा गरिसकेको छैन । जारी मतगणनाको प्रारम्भिक नतिजामा सत्तारूढ दल भाजपा एक्लै बहुमततर्फ अग्रसर छ ।

चुनावी परिणाम औपचारिक रूपमा सार्वजनिक नहुँदै मोदीलाई विभिन्न देशका राष्ट्राध्यक्षबाट बधाईको आइरो लागेको छ । त्यसै क्रममा प्रधानमन्त्री ओलीले पनि उनलाई बधाई दिएका हुन् ।

 





  • प्रकाशित मिति : जेठ ९, २०७६ बिहीबार १४:११:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया