जरायलले प्यालेस्टिनी समूह हमासले बाँकी बन्धक मुक्त नगरे गाजा क्षेत्रलाई पूर्णरूपमा ध्वस्त पार्ने धम्की दिएको छ । सीबीएस न्युज अनुसार इजरायली रक्षामन्त्री इजरायल कात्जले गाजाका स्थानीयलाई क्षति पुर्याउने कुनै नियत नभएको तर बन्धकको रिहाइमा कुनै सम्झौता नगर्ने चेतावनी दिएको छ ।
‘गाजाका बासिन्दा यो अन्तिम चेतावनी हो । यदि सबै इजरायली बन्धकहरूलाई रिहा गरिएन र गाजाबाट हमासलाई हटाइएन भने इजरायलले तपाईंले पहिले कहिल्यै नगरेको शक्ति प्रयोग गर्नेछ । अमेरिकी राष्ट्रपतिको सल्लाह लिनुहोस् । बन्धकहरूलाई फिर्ता गर्नुहोस् र हमासलाई हटाउनुहोस्,’ उनले एक भिडियोमा भनेका छन् ।
यसै साताको सुरुमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासविरुद्ध ‘पूर्ण शक्तिका साथ लडाई गर्ने’बताएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।