उपचारका लागि सिंगापुर उडे देउवा

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पेटको उपचारका लागि सिंगापुर गएका छन् । देउवा लामो समयदेखि पेटको समस्या खेप्दै आएका छन् ।

देउवा फलोअप उपचारका लागि बुधबार राति सिंगापुर उडेका हुन् । देउवासँग पत्नी आरजु राणा पनि सिंगापुर गएकी छन् ।

सभापति देउवाले सिंगापुरस्थित माउन्ट एलिजाबेथ अस्पतालमा पेटको उपचार गराउने नेपाली कांग्रेसले जनाएको छ । चिकित्सकको सल्लाहअनुसार देउवा सिंगापुर गएका हुन् । 

उनी जेठ १३ गते स्वदेश फर्कने कार्यक्रम छ ।





  • प्रकाशित मिति : जेठ ९, २०७६ बिहीबार १४:५०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया