नयाँ दिल्ली– लोकसभा निर्वाचनको मतगणनाका क्रममा आफ्नो दल भाजपाको पक्षमा सोचेभन्दा ज्यादा लहर देखेपछि भारतीय जनता पार्टीका पूर्वअध्यक्ष तथा भारतीय गृहमन्त्री राजनाथ सिंहले लगातार तीन ट्विट गरे । यी तीन ट्विटमा उनले प्रधानमन्त्री नरेन्द्र मोदी र पार्टी अध्यक्ष राजनाथ सिंहको प्रशंसा गर्दै उनीहरुलाई बधाई दिएको उल्लेख गरेका छन् । भाजपा कार्यकता तथा आम मतदातालाई धन्यवाद दिँदै उनले भाजपालाई भोट दिनेले पछुताउनु नपर्ने उल्लेख गरेका छन् ।
यस्ता छन् राजनाथका तीन ट्विट–
ट्विट–१ : भाजपा ऐतिहासिक जिततर्फ अघि बढेकोमा मैले प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाहलाई फोन गरेर बधाई दिएँ ।
Spoke to Prime Minister Shri @narendramodi and the BJP National President Shri @AmitShah over the phone and congratulated them for @BJP4India led NDA’s stupendous victory in these Lok Sabha Elections. 1/3
— Chowkidar Rajnath Singh (@rajnathsingh) May 23, 2019
ट्विट–२ : यो मोदीजीको दूरदर्शी नेतृत्व, अमितजीको गतिशील योजना र चुनावी मैदानमा हजारौँ कार्यकर्ताको कठिन परिश्रमको नतिजा हो ।
This historic victory in the General Elections is the outcome of Modiji’s visionary leadership, Amit Shahji’s dynamism and the hard work of millions of BJP karyakartas on the ground. 2/3
— Chowkidar Rajnath Singh (@rajnathsingh) May 23, 2019
ट्विट–३ : भारी मात्रामा मत दिएर जिताएकोमा जनतालाई धन्यवाद दिन्छु । जसले मोदीजी र एनडिएलाई भरोसा गरी चुनावमा भोट हाल्नुभयो, उहाँहरु भविष्यमा पछुताउनुपर्ने छैन । अब मोदीजीको नेतृत्वमा नयाँ भारतको निर्माण हुनेछ ।
I thank the people of India for once again giving a decisive mandate to @BJP4India led NDA and reposing faith in Shri @narendramodi’s astute leadership and his vision of New India. Shri Modi is now all set to build a New India. 3/3
— Chowkidar Rajnath Singh (@rajnathsingh) May 23, 2019
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।