भाजपाको भारी अग्रतापछि भारतीय प्रधानमन्त्री मोदीको पहिलो ट्विट
फरकधार / ९ जेठ, २०७६

 



नयाँ दिल्ली– लोकसभा चुनावको जारी मतगणनामा आफ्नो दल भाजपाले भारी अग्रता लिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै आफ्नो मूलमन्त्र ‘सबका साथ सबका विकास’ (सबैको साथ सबैको विकास) लाई दोहोर्याएका छन् ।

मतगणना सुरु भएपछिको पहिलो ट्विटमा भर्खरै प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘सबैको साथ + सबैको विकास + सबैको विश्वास = विजयी भारत ।’



उनले अगाडि लेखेका छन्, ‘हामी सँगसँगै बढ्नेछौँ । हामी सँगसँगै समृद्ध हुनेछौँ । हामी सँगसँगै बलियो र समावेशी भारत बनाउनेछौँ । भारतले फेरि एकपटक जितेकाे छ ।’



  • प्रकाशित मिति : जेठ ९, २०७६ बिहीबार १५:१४:१७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया