१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

विश्वकै व्यस्त बेलायतको हिथ्रो विमानस्थल आगलागीले अस्तव्यस्त

युरोपको सबैभन्दा व्यस्त बेलायतको हिथ्रो विमानस्थल आगलागीका कारण प्रभावित भएको छ । शुक्रबार बिहानै लन्डनको पश्चिममा रहेको बिजुली आपूर्ति गर्ने विद्युतीय सबस्टेशनमा ठूलो आगलागी भएपछि शुक्रबार बिहान विमानस्थल बन्द गरिएको थियो ।


स्थानीय अग्नि नियन्त्रण विभागले आगो अहिले नियन्त्रणमा आएको बताएको छ। बेलायती मिडिया आउटलेट स्काई न्यूजका अनुसार, पहिले नै हवाई उडानमा रहेका १२० सहित १ हजार ३०० भन्दा बढी उडानहरू प्रभावित भएका छन् ।



अर्को सूचना नभएसम्म यात्रुहरूलाई विमानस्थलमा यात्रा नगर्न सल्लाह दिइएको छ । विमानस्थलका प्रवक्ताले बिजुली कहिले सुचारु हुन्छ भन्ने कुरा अझै स्पष्ट नभएको बताए। हिथ्रोले वर्षमा आठ करोडभन्दा बढी यात्रुको व्यवस्थापन गर्दछ ।

विमानस्थलबाट करिब २.४ किलोमिटर टाढा लागेको आगलागीका कारण नजिकैका करिब १६,००० घरहरू पनि बिजुली विहीन भएका छन्। लन्डन फायर ब्रिगेडले लन्डन बरोको हिलिङडन सहरको हेसको सबस्टेशनमा आगलागी भएको बताएको छ । (सीसीटीभीप्लस)



 



  • प्रकाशित मिति : ९ चैत, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया