राष्ट्रपतिले किन फिर्ता गरिन् राहदानीसम्बन्धी विधेयक ?

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधि सभामा फिर्ता पठाइदिएकी छिन् । संसदबाट पारित भएर सभामुखले प्रमाणीकरणका लागि पठाएको विधेयक राष्ट्रपतिले फिर्ता पठाएको यो पहिलोपटक हो । 

बुधबार राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिअनुसार सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारीसमक्ष पठाएको विधेयकलाई पुनर्विचारका लागि संसदमै पुनः फिर्ता पठाइएको हो । राष्ट्रपति कार्यालयले विधेयकमा पुनर्विचार गर्न आग्रह गरे पनि के–के कुरामा पुनर्विचार गर्ने हो भन्नेबारे खुलाएको छैन । 

राहदानीसम्बन्धी विधेयकमा मुद्दा चलेका व्यक्तिलाई नागरिकता नदिनेलगायत विषयमा राष्ट्रपति भण्डारी असन्तुष्ट रहेको बुझिएको छ । मुद्दा चलेको नाममा कुनै पनि नेपाली नागरिकलाई उसको अधिकारबाट वञ्चित गर्न नहुने भन्दै राष्ट्रपतिले विधेयक फिर्ता पठाएको बुझिएको छ । 





  • प्रकाशित मिति : जेठ ९, २०७६ बिहीबार १५:२४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया